इप्पानको कोषाध्यक्षमा नरेन्द्रबल्लभ पन्तको उम्मेदवारी

इप्पानको कोषाध्यक्षमा नरेन्द्रबल्लभ पन्तको उम्मेदवारी


काठमाडौँ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा ऊर्जा उद्यमी नरेन्द्रबल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

इप्पानको आगामी जेठ ३२ गते हुने वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै छ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरू गणेश कार्की र वरिष्ठ उपाध्यक्ष महोन डाँगीसँग छलफलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

कोषाध्यक्षका प्रत्यासी पन्त युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन् । उनी टक्सार पिखुवाखोला हाइड्रो पावर कम्पनीका कार्यकारी प्रबन्धकसमेत हुन् ।

त्यस्तै, २२.५ मेगावाट क्षमताको ठुलो खोला जलविद्युत कम्पनीमा समेत उनको उल्लेख्य लगानी छ । नेपाल चेम्बर अफ कमर्सका कार्यसमित सदस्य पन्त चेम्बरको ऊर्जा समितिका सभापति पनि हुन् ।

पन्त निर्माण व्यवसाय, जलविद्युत्, इन्भेस्टमेन्ट कम्पनीहरूमा लगानी रहेको देव गु्रपका अध्यक्ष पनि हुन् ।

युवा उद्यमी पन्त जलविद्युत् आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । १५ वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको कोषाध्यक्षमा दाबेदार रहेको उनले बताए । आफू कोषाध्यक्ष पदका लागि योग्य भएकाले जलविद्युत ऊर्जा उद्यमीहरूले सहयोग गर्नेमा पन्त ढुक्क छन् ।

जलविद्युत् क्षेत्रमा उत्पादकहरूले भोग्दै आएको समस्याको समधान गर्ने योजना पन्तसँग छ । आगामी दिनमा ऊर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दाबी छ ।

यसअघि २०७७ साउन ३२ गते ३ वर्षका लागि चुनिएको वर्तमान कार्यसमितिको पदावधि सकिनुअघि नै निर्वाचन गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने हुन्छ ।

इपानले विधान संशोधन गरी अबको कार्यकालदेखि १ जना वरिष्ठ उपाध्यक्षको पद थप गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा जस्तै वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने मापदण्डभित्र रहेर अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारी चयन हुने इप्पानले जानकारी दिएको छ ।