२६ असारमा साधारणसभा गर्दै बिपिडब्लु लघुवित्त

२६ असारमा साधारणसभा गर्दै बिपिडब्लु लघुवित्त


काठमाडौँ ।

बिपिडब्लु लघुवित्तले २६ असारमा वार्षिक साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सर्वसाधारण सेयरधनीहरु मध्येबाट दुईजना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ । सभाले सामुदायिक लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनका लागि संस्थाले १२ असारदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, ११ असारसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।