कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन


काठमाडौ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले मंगलबारसम्म आवेदन दिन सक्नेछन् । यस हाइड्रोपावरले जेठ १९ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गेरेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बिक्री खुला गरेको छ । उक्त आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं.९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं। १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।