गाउँपालिकाले वनकरिया जातीलाई दियो पाडी

गाउँपालिकाले वनकरिया जातीलाई दियो पाडी


मकवानपुर ।
मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको छ ।

मनहरि गाउँपालिका–४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरिएको हो । सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताइन् ।

उनले सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभइ उनीहरुलाई आय–आर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्‍याउँदै अघि बढिरहेको बताइन् ।
गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको हो ।

वितरण पश्चात वडा नं ४ वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातीमा आत्मनिर्भर हुने बाटो रहने बताइन् ।