बर्दिबासमा पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजीका लागि सुझाव संकलन

बर्दिबासमा पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजीका लागि सुझाव संकलन


महोत्तरी। संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बर्दिबासले पर्यटन प्रवर्द्धनको लागि सुझाव संकलन गरेको छ । नगरभित्र रहेका पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले बार्षिक स्थापना दिवसको अवसर पारेर सरोकारवालाहरुसँग समितिले सुझाव संकलन गरेको हो ।

बर्दिबास नगरभित्र १८ औ शताब्दीमा अङ्ग्रेजसँग युद्ध गर्दा बनाइएका हतियार कारखानासमेत रहेको खोज अनुसन्धानले देखाएको छ । प्राचिन र ऐतिहासिक लामो विरासत रहेको बर्दिबासमा ऐतिहासिक संग्राहालयसमेत बनाउन सक्ने सकिने जानकार तथा सराेकारवालाले बताएका छन् ।

धार्मिक पर्यटन, कृषि पर्यटन र नगरभित्र रहेका सम्भावनाहरुको खोजी भइइरहेको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले बताए । हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानिएको टुटेश्वरनाथ बाबाधाम यही नगरमा रहेको छ भने जंगवहादुर राणाले सेतो बाघ देखेपछि मृत्युको कारक बनेको भनिएको स्थल पञ्चधुरा माई मन्दिर पनि यहिँ रहेको छ ।