१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै

१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै


काठमाडौं ।

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी १६ औँ योजना तर्जुमाको तयारी सुरु गरेको छ ।

आयोगले बुधबार दिउँसो होटल याक एण्ड यतिमा योजना कस्तो बनाउने भन्ने विषयमा विज्ञहरुको राय लिने भएको छ ।

आयोगले पहिलो चरणमा आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्यहरु तथा अर्थविद्हरुसँग छलफल गर्ने आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए ।

उनका अनुसार बुधबारदेखि शुक्रबारसम्म नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझावलिने छ ।