जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान


काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपाल (जसपां) केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।