रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर आउने

रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर आउने


काठमाडौ।

रिडी पावरको शुक्रबार विशेष साधारण सभा बस्ने भएको छ । सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।

यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघिनै ५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यसले सोही पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासनपछि यसको चुक्ता पुँजी २ अर्ब ३१ रुपैयाँ पुग्नेछ । सभा प्रयोजनका लागि यसले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ ।