महालक्ष्मी नगरपालिकाकाे उद्यमी बनाउने तालिम प्रभावकारी 

महालक्ष्मी नगरपालिकाकाे उद्यमी बनाउने तालिम प्रभावकारी 


ललितपुर ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले महिला तथा बालबालिकासँग उपप्रमुख कार्यक्रम अन्तरर्गत दिएको तालिम प्रभावकारी भएको छ ।

नगरपालिकाले उद्यमी बनाउने उदश्यले तालिमका लागि चालु वर्षको बजेटमा १० लाख छुट्एको थियो ।

जसअन्तर्गत नगारपालिकाले झोल साबुन तथा हार्पीक बनाउने तालिम दिएको थियो । बुधबार र बिहीबार भएको सो तालिममा २५ जना महिला तथा पूरुष सहभागी भएका थिए । उनीहरुले नगरपालिकाको तालिमबाट आफूहरुका लागि निकै प्रभावकारी रहेको भन्दै आगामी दिनमा पनि यस्तै खालको तालिमको अपेक्षा गर्ने बताए ।

महालक्ष्मी नगरपालिका उपप्रमुख तथा यो कार्यक्रमका संयोजक लक्ष्मी महर्जनले एक व्याक्तिलाई एक सीप, त्यसलाई निरन्तरता दिन आग्रह गरिन् । उनले तालिम लिएपछि कार्यन्वयन गर्ने व्यक्तिलाई नगरपालिकाको टीम र वडा कार्यलयले सहयोग गर्ने बताइन् ।

चालु आर्थिक वर्षमा मात्र महिला तथा बालबालिकासँग उपप्रमुख कार्यक्रम अन्तरर्गत एक सय जना महिलाहरुले विभिन्न तालिम लिएको उपप्रमुख लक्ष्मीले जानकारी दिइन् । साथै उनले आवश्यकता अनुसारको तालिम दिर्दै आएको स्मरण गरिन् ।