अपी पावरलाई १ करोड ६५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति

अपी पावरलाई १ करोड ६५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति


काठमाडौ। अपी पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ ।