नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत

नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत


काठमाडौ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विजय लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको २० % बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबर गर्न सकिनेछ । हाल विजय र नयाँ सारथि लघुवित्त मर्जर प्रक्रियामा रहेका छन् । दुई संस्थाबीच गत मंसिर २६ गते एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । विजय र नयाँ सारथी १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।