रिडी पावरको आज विशेष सभा,५० प्रतिशत हकप्रद सेयर प्रस्ताव पेस हुँदै

रिडी पावरको आज विशेष सभा,५० प्रतिशत हकप्रद सेयर प्रस्ताव पेस हुँदै


काठमाडौ।

रिडी पावरको शुक्रबार विशेष साधारण सभा बस्दैछ । सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ । यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

कम्पनीले यसअघिनै ५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यसले सोही पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।