आज देशैभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

आज देशैभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दै


काठमाडौं ।

आज देशैभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दैै छन् ।

मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्बजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ ।

यसअघि १० वटा स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोसी प्रदेशका २, मधेस प्रदेशकाे १, बागमती प्रदेशकाे १, गण्डकी प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा २ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।