विराटनगरले महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट

विराटनगरले महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट


विराटनगर।

विराटनगर महानगरपालिकाले आव २०८०–८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ।

महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले शबिार १२ औं अधिवेशनमा आर्थिक वर्ष २०८०र०८१ का लागि उक्त अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी हु्न् ।

कुल बजेटमध्ये चालू तर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ बिनियोजन गरिएको छ । पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो। महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ।

आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ६३ लाख, राजस्व बाँडफाँडबाट ८० करोड २४ लाख आम्दानी हुने अनुमान गरेको महानगरले ९९ करोड ५० लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको छ।