भरतपुर महानगरपालिकाले ल्यायाे ६ अर्ब ३१ करोड ७९ लाखकाे बजेट

भरतपुर महानगरपालिकाले ल्यायाे ६ अर्ब ३१ करोड ७९ लाखकाे बजेट


चितवन।

चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०–८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो ।

यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतको रुपमा लिएको छ ।