सिरहाका१६ वटा पालिकाको सभा समपन्न,लक्ष्मीपुर पतारीको बाँकी

सिरहाका१६ वटा पालिकाको सभा समपन्न,लक्ष्मीपुर पतारीको बाँकी


सिरहा।

सिरहाका १७ स्थानीय तहहरू मध्ये १० असारभित्र १६ पालिकाले नगर तथा गाउँ सभा सम्पन्न गरेको छ। जिल्लाका १७ पालिकामध्येय आइतबारमात्र १२ वटा पालिकाहरुले गाउँ तथा नगरसभा गरेको छ। चारवटाले यसअघि नै नगरसभा सम्पन्न गरेको छ भने लक्ष्मीपुर पतारी गाउँपालिकाले १० असारभित्र साधारणसभा गर्न सकेनन्।

मिर्चैया नगरपालिकाले ‘स्वस्थ्य नगरवासी ,समृद्ध नगर’ मुख्या नाराकासाथ आइतबारबाट सुरु भएको नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५८ करोड ११ लाख ७३ हजार रुपैयाँका बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले शिक्षामा एक करोड २५ लाख र स्वास्थ्य तर्फ एक करोड ५ लाख सहित ५८ करोड ११ लाख ७३ हजार रुपैयाँको नीति तथा कार्यक्र सार्वजानिक गरेको हो।

नगरका जनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा भोगीरहेको समस्या समाधानका लागी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा एक वडा एक नमुना विद्यालय र एक वडा एक आधारभूत स्वास्थ्य चौकीको परिकल्पना गरेको छ। साथै ज्येष्ठ नागरीकहरुलाई घर घरमा गई स्वस्थ्यसेवा प्रदान गरिने नगर प्रमुख श्रवण यादबले जनाएको छ।

लुकेर बसेको जटिल रोग तथा उच्च रक्तचाप, मधुमेह र नसर्ने खालका रोगहरुको समुदाय स्तरबाटै प्रत्येक वडामा विशेष स्वास्थ्यजाचँ कार्यक्रम संचालन गरिने नगर प्रमुख यादवले बताए। उनले भने, ‘ स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन घुम्ती सेवाका लागि गुणस्तरीय औषधिको नियमित आपूर्ति गरी उपलब्धता सुनिश्चित गर्ने योजनासहित नगरले योजना अगाडी सारेको छ।’

त्यसैगरी, जिल्लामै सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब १६ करोड २२ लाख ८ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ।

नगरपालिकाको १२ औं नगरसभाले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रको रुपमा लिँदै नगरको विकासमा पाइला अगाडि सार्ने जमर्को गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख चौधरीले पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाई लगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए ।

त्यसका लागि कृषिमा यान्त्रिकीकरणको लागि नगरपालिकाभित्रका किसानहरुलाई सहुलियत दरमा कृषि उपकरणहरुको सेवा उपलब्ध गराउन कस्टम हाइरिङ सेन्टर स्थापना गरिने मेयर चौधरीले जानकारी दिए । आइतबारै खुला सत्र सम्पन्न गरी बन्द शत्र सुरुगरेका गोलबजार नगरपालिकाको नवौ नगरसभाले ६६ करोड ६६ लाख पन्ध्र हजार अनुमानित आय सार्वजानिक गरेको छ ।

सिरहाका १७ पालिकामध्ये १२ वटा पालिकाले आइतबार नगर तथा गाउँ सभा समपन्न गरेका छन्। सिरहा नगरपालिका, सुखिपुर नगरपालिका, अर्नामा गाउँपालिका र कर्जन्हा नगरपालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका थिए।

अर्नमा गाउँपालिकाले १ असारमाम, सुखिपुर नगरपालिकाले ८ असारमा, कर्जन्हा नगरपालिका र सिरहा नगरपालिकाले ९ असारमा नगर सभा सम्पन्न गरेको छ। लक्ष्मीपुरपतारीमा भने जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण नगरसभा हुन सकेन ।