बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा


काठमाडौं।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज सुनवाई हुँदै छ ।

न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको छ ।

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झले बालेनविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गरेका थिए । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको थियो ।

भारतीय फिल्मसम्बन्धी उच्च अदालत पाटनको आदेशलाई लिएर दिएको बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले रिट निवेदनमा दाबी गरिएको छ ।