दूग्ध विकास बोर्ड र कपास विकास समिति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग

दूग्ध विकास बोर्ड र कपास विकास समिति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग


??????????????? ???????? ????? ?????? ?????? ?????? ??????? ???? ??????? / ????

काठमाडौं ।

दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड र बाँकेस्थित कपास विकास समितिलाई खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

नेपाली उद्योगलाई समाप्त पार्न र विदेशी दूधलाई भित्र्याउने उद्देश्यले दूग्ध विकास बोर्ड खारेज गर्न खोजिएको भन्दै आपत्ति जनाएका सांसद बस्नेतले तत्काल सो निर्णय फिर्ता लिन माग गरेका हुन् ।

नेपाली किसानलाई गरिब बनाउने तथा राष्ट्रको हितविपरीत सरकारले बजेट वक्तव्यमार्फत् दुग्ध विकास बोर्ड र कपास विकास समितिलाई खारेज गर्ने निर्णय गरेकाले तत्काल फिर्ता लिन उनले माग गरे ।