जिल्ला निर्वाचन कार्यालय खारेज नहुने

जिल्ला निर्वाचन कार्यालय खारेज नहुने


??????????????? ???????? ????? ?????? ?????? ?????? ??????? ???? ??????? / ????

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिाय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भन्दै मंगलबार सदन नै अवरुद्ध गरे ।

मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपाका प्रमुख सचेतक जीवन परियारले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएसम्म सदन चल्न नसक्ने जानकारी गराए ।

सँगै एमालेका सांसद सूर्य थापा र प्रमुख सचेतक पदम गिरीले पनि उक्त निर्णय फिर्ता नलिएसम्म सदन चल्न नसक्ने बताए । दुवै दलका सांसद उठेर विरोध जनाइरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

यसपछि मंगलबार दोस्रोपटक बसेको बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताए । निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने उनले बताए । यसपछि सदन चलेको छ ।