लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको छ–प्रधानमन्त्री प्रचण्ड

लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको छ–प्रधानमन्त्री प्रचण्ड


काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको जवाफ दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको र यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।