बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने


काठमाडौ।

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १००% हकप्रद सेयर निष्कासनका लागि नियामक विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो ।

आयोगले पूर्वस्वीकृति लिएर हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । हाल बरुणको चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । नियामकको स्वीकृतिपछि हकप्रद सेयर जारी भएमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी हुनेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बरुणले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । प्रतिसेयर आम्दानी बार्षिक ४ रुपैयाँ ४० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ८२ पैसा छ ।