काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन सरकारको प्रतिबद्ध रहेको बताएका हुन् ।
फाष्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ । त्यो फाष्ट ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो । त्यसकारण निजगढ एयरपोर्टलाई तत्काल अगाडि बढाउन सरकार प्रतिबद्ध छ,’ संसद बैठकमा उनले भने ।
प्रतिक्रिया