आफूलाई विश्वासको मत नदिए मध्यावधि निर्वाचनमा जाने मुख्यमन्त्री कार्कीको चेतावनी

आफूलाई विश्वासको मत नदिए मध्यावधि निर्वाचनमा जाने मुख्यमन्त्री कार्कीको चेतावनी


विराटनगर।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरे । आफूले नराम्रो काम गरेको भए देखाउन चुनौती दिँदै उनले राम्रो काम गरेकाले विश्वासको मत दिन आग्रह गरे । अन्यथा विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले  मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिए ।

आफूलाई विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जान तयार भएको हो भन्दै प्रश्न गरेका मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताए । साथै प्रदेशको नामांकनको विषयमा भएको विवाद समाधानका लागि छलफल सुरु भएको उनले बताए ।