सुनसरीमा यसरी मनाइयो रोपाइँ महोत्सव [तस्बिरहरू]

सुनसरीमा यसरी मनाइयो रोपाइँ महोत्सव [तस्बिरहरू]


सुनसरी ।

सुनसरीको इनरुवा–५ मा शुक्रबार असार १५ अर्थात् धान दिवस धुमधामका साथ मनाइयो ।

इनरुवा नगरपालिकाको सहयोगमा करेसाबारी कृषि सहकारी संस्थाले २०औँ धान दिवस तथा रोपाइँ महोत्सव मनाएको हो ।

महोत्सवका रुपमा मनाइएको धान दिवसको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, कार्यकारी अधिकृत दशरथ राई, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साहलगायत सयौँको सङ्ख्याको स्थानीयको उपस्थिति थियो ।

धान रोपाइँ गरेर स्थानीयले एकआपसमा हिलो छ्यापाछाप गरेर रमाइलो गरेका थिए । कार्यक्रममा रोपाहार, स्थानीय तथा अतिथिलाई दहीचिउरासमेत खुवाइएको थियो ।