गाउँका सरकार : नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

गाउँका सरकार : नीति तथा कार्यक्रमका लागि सुझाव संकलन


बैतडी ।

बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव संकलनलाई तीव्र बनाइरहेका छन् ।

आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, संघसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी र आमनागरिकबाट राय सुझाव माग गरिएको पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए ।

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह संकलन गरिन लागिएको हो ।

सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ ।

दोगडाकेदार गाउँपालिकाले पनि सूचना जारी गर्दै सुझाव पेस गर्न आग्रह गरेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिरहेका छन् ।

राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने स्थानीय तहले जनाएका छन् ।