राष्ट्रिय योजना आयोगले पायो पूर्णता

राष्ट्रिय योजना आयोगले पायो पूर्णता


काठमाडौँ ।

राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिइन् । सोमबार आयोजित शपथ समारोहमा आयोगका सदस्यहरू तथा सदस्य सचिव केवलप्रसाद भण्डारीको उपस्थिति थियो ।

महिला सदस्यका रूपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । युनडिपीमा समेत काम गरेको अनुभव भएकी ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन् ।