नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि

नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि


काठमाडौँ ।

नेसनल लाइफ इन्स्योरेन्सको ३५औँ वार्षिक साधारणसभा जेठ २२ गते बस्दै छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १०ः३० बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश छ ।

साथै सभामार्फत् गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयव्यय तथा नगद प्रवाहसम्बन्धी सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ जेठ ११ गते बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ १० गतेसम्म कायम सेयरधनीले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।