कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन


काठमाडौँ

कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (जेठ २२ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १२१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, लाजिम्पाट काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।