जहाजमा समस्या आएपछि धनगढीमा अवतरण नगरी फर्कियो श्री एयरको जहाज

जहाजमा समस्या आएपछि धनगढीमा अवतरण नगरी फर्कियो श्री एयरको जहाज


काठमाडौँ ।

प्राविधिक समस्याका कारण काठमाडौँबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।

श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको  जहाजमा बारम्बार समस्या आइरहेको छ ।