दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से


काठमाडाैँ ।

साताको सुरुवाती २ दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर २ हजार ८८ दशमलव ७० अंक कायम भएको हो ।

आज विभिन्न २८२ कम्पनीका ६४ लाख ५० हजार ९३४ कित्ता सेयर ४६ हजार ७३१ पटक खरिद-बिक्री हुँदा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १३३ दशमलव ३४ र निर्जीवन बीमा समूह ७८ दशमलव ०७ अंकले बढेको छ । बैंकिङ समूह १ दशमलव ०७, विकास बैंक ३१ दशमलव ०५, वित्त ३५ दशमलव ३४, जलविद्युत् ३ दशमलव १६, लगानी ० दशमलव ९९ र जीवन बीमा ३० दशमलव ५० अंकले बढेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन ४० दशमलव ०८, लघुवित्त ३० दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ०२, व्यापार १५ दशमलव ८१ र अन्य समूह १५ दशमलव ८१ अंकले बढेको छ ।

सिटी होटल लिमिटेडको सेयर मूल्यमा ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख ८३० रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको २ लाख १४ हजार ५८३ कित्ता सेयर किनबेच भएको छ ।