सन नेपाल र सिटिजन लाइफलाई प्रिमियम भाउमा आइपिओ बिक्री गर्न अनुमति

सन नेपाल र सिटिजन लाइफलाई प्रिमियम भाउमा आइपिओ बिक्री गर्न अनुमति


काठमाडौँ ।

नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्याेरेन्स र सिटिजन लाइफ इन्स्याेरेन्सलाई आइपिओ बिक्री गर्न अनुमति प्रदान गरेको छ ।

सन नेपालले कुल ९६ लाख कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यु अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै आइपिओ बिक्री गर्न बोर्डले सन नेपाललाई अनुमति दिएको हो । यसले जारी पुँजीको ३० प्रतिशत आइपिओ बिक्री गर्न लागेको हो । यसमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक छ ।

यता, सिटिजन लाइफले पनि कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

बोर्डले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २४४ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्युमै आइपिओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो । सिटिजनले पनि जारी पुँजीको ३० प्रतिशत आइपिओ बिक्री गर्न लागेको हो । यसमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक छ ।