२५ अंकले बढ्याे नेप्से

२५ अंकले बढ्याे नेप्से


काठमाडाैँ ।

साताकाे चाैथाे काराेबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५.३१ अंकले बढेर २ हजार ९७.५५ अंकमा कायम भएको हो ।

आज विभिन्न २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँमा खरिदबिक्री भएका छन् । वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ ।

आजको कारोबारपछि वित्त समूह ३९.२० र होटल तथा पर्यटन समूह ५१.०८ अंकले घटेको छ । बढ्नेमा भने सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १०६.८० र जलविद्युत् समूहकाृ उपसूचक १०२ . ७२ अंकले बढेको छ ।

बैंकिङ ८.७७, विकास बैंक ३० . ८७, लगानी शून्य . ४० र जीवन बीमा ३८ . ९६ अंकले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ५९ . ४८, लघुवित्त समूह ७३ . ७५, म्युचुअल फन्ड शून्य . २६, व्यापार ९.०७ र अन्य समूह १६ . ०५ अंकले बढेको छ ।

शिवश्री हाइड्रोपावर लिमिटेड, सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेड, रिभर फल्स पावर लिमिटेड र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३३ करोड ९३ लाख ५१ हजार १०१ रुपैयाँ बराबरको ५ लाख १८ हजार ६०४ कित्ता सेयर किनबेच भएको छ ।