टेलिकमले ल्यायाे आकर्षक समर अफर

टेलिकमले ल्यायाे आकर्षक समर अफर


काठमाडौँ ।

नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

त्यसैगरी एफटिटिएच, नमस्ते वाईफाई, सियुजीलगायत भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाएकाे टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समर अफरअन्तर्गत अल टाइम डाटा प्याक अन्तर्गत ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा प्याक उपलब्ध भइरहेकामा अब २० जिबी र ८०० रुपैयाँमा २५ जिबी उपलब्ध भइरहेकामा अब ३५ जिबी डाटा प्याक उपलब्ध हुनेछ ।

यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जिबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जिबीको सट्टा ४ जिबी डाटा उपलब्ध हुनेछ ।

यसैगरी सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने कम्पनीको भनाइ छ । मेसिन टु मेसिन सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको पनि टेलिकमले जनाएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ ।

कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको जनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युजेज पोलिसी बमोजिम तोकिएको परिमाण उपभोग पछि लागू हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको कम्पनीले जनाएको छ ।