पोखरा एअरपाेर्टमा इन्धन डिपो बनाइँदै

पोखरा एअरपाेर्टमा इन्धन डिपो बनाइँदै


पाेखरा ।

कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गरे ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो । हवाई इन्धन डिपो पोखराका प्रमुख धिरजविक्रम खड्काका अनुसार यहाँ १२ लाख किलोलिटर क्षमताका ३ वटा डिपो निर्माण गरिनेछ ।

डिपो निर्माणका लागि ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र शाहले जानकारी दिए । उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको छ ।

‘१२ सय किलोलिटर क्षमताका ३ र  १५ सय किलोलिटर क्षमताको एउटा ट्यांकी निर्माण गरिनेछ,’ उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो ।’

नायब कार्यकारी निर्देशक शाहका अनुसार डिपो १ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ ।