स्विस पर्यटन अवार्ड’का लागि छनोटमा पर्‍याे काठमाडाैँ महानगर

स्विस पर्यटन अवार्ड’का लागि छनोटमा पर्‍याे काठमाडाैँ महानगर


काठमाडौँ ।

काठमाडौँ महानगरपालिका ‘स्विस पर्यटन अवार्ड’का लागि छनोटमा परेकाे छ । सन् २०२३ को संस्करणका लागि आगामी नोमेम्बर ३ देखि ५ गतेसम्म हुने कार्यक्रमका लागि महानगर छनोटमा परेको हो ।

महानगरका मेयर बालेन्द्र शाहलाई अवार्ड कमिटीद्वारा लेखिएको पत्रमा ‘स्विस पर्यटन अवार्ड, २०२३’ का लागि काठमाडौँ महानगरलाई छनोट गरिएको जनाउँदै कार्यक्रम हुने समयमा उपस्थितिका लागि पनि निमन्त्रणा गरिएको छ ।

अवार्ड समितिले काठमाडौँको सांस्कृतिक इतिहास, धार्मिक सम्पदा र जीवन्त शहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने उल्लेख गरेको छ ।

पत्रमा भनिएको छ, ‘काठमाडौँको सुन्दरता यसको समृद्ध सांस्कृतिक इतिहास, यसको धार्मिक सम्पदा र यसको जीवन्त शहरी वातावरणमा निहित छ, जसले विश्वभरका आगन्तुकलाई मोहित बनाउँछ ।’

नोमेम्बरमा हुने अवार्ड कार्यक्रमका लागि समितिले महानगरका मेयरलाई निमन्त्रणासहित पत्र पठाएको छ । कार्यक्रम स्विट्जरल्यान्डको लुगानो सहरमा हुनेछ ।