जुम्लामा नुन अभाव हुन नदिन पठाइयाे ३२० क्विन्टल नुन

जुम्लामा नुन अभाव हुन नदिन पठाइयाे ३२० क्विन्टल नुन


नेपालगन्ज ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा  गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म २ हजार ७८६ क्विन्टल नुन मौज्दात छ ।  प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म ६ हजार ३४७८ क्विन्टल नुन मौज्दात रहेकाे जनाए ।
प्रदेश कार्यालय नेपालगन्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक र्‍याकमा २६ हजार क्विन्टलका दरले वर्षमा ९ र्‍याक नुन आयात हुने गर्छ ।
कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा  सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिए ।
जुम्लामा नुनको कमी हुन नदिन  सोमबार मात्रै ३२० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।
उनले प्रत्येक नयाँ आर्थिक वर्षकाे साउनदेखि नयाँ ‘टेन्डर’का लागि आह्वान गरिने भएकाले उक्त नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाडौँ पठाइसकिएको बताए ।