छाेरी जन्मिएकाे सूचना दिनुस्, ५ हजार पाउनुहाेस् !

छाेरी जन्मिएकाे सूचना दिनुस्, ५ हजार पाउनुहाेस् !


रोल्पा ।

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मिनेबित्तिकै बैंक खातामा ५ हजार रुपैयाँ जम्मा गरिदिने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए ।

यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मिने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइनेछैन ।

‘छोरी जन्मिँदा परिवारमा खुसियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ,’ उपाध्यक्ष डाँगीले भने ।

छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउ उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।

कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा १० लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।