१ क्विन्टल सुन समातिएकाे भाेलिपल्ट सुनकाे मूल्य हालसम्मकै उच्च

१ क्विन्टल सुन समातिएकाे भाेलिपल्ट सुनकाे मूल्य हालसम्मकै उच्च


काठमाडाैँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा ३०० रुपैयाँ बढी हो । यसअघि १८ जेठमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै १ लाख १३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको थियो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चाँदी प्रतितोला १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।