प्रहरीकाे स्कर्टिङमा बञ्चरेडाँडा पठाइयाे फाेहाेरका गाडी

प्रहरीकाे स्कर्टिङमा बञ्चरेडाँडा पठाइयाे फाेहाेरका गाडी


काठमाडाैँ ।

विगत ५ दिनदेखि रोकिएको काठमाडौँको फोहोर प्रहरीकाे सुरक्षामा बञ्चरेडाँडा लगिएको छ ।

फोहोरका कारण राजधानीमा दुर्गन्ध फैलिन थालेपछि व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।

शुक्रबार डेढ सय हाराहारी प्रहरीलाई फाेहाेरका गाडीकाे सुरक्षामा पठाइएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ । काठमाडौँबाटै प्रहरीको स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ पठाइएको छ ।

ककनी गाउँपालिका र धुनिबेँसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन । सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले फोहोर फाल्न अवरोध गरेका हुन् ।

अवरोध हटाउन बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग सरकारले वार्ता गरे पनि सहमति हुन सकेको थिएन ।

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो ।