बुटवलले खोल्यो कालिकापथ र नेपालगन्ज रोडको अर्को निकास

बुटवलले खोल्यो कालिकापथ र नेपालगन्ज रोडको अर्को निकास


बुटवल ।

बुटवल उपमहानगरपालिकाले कालिकापथ र मुख्य सडक जोड्न निकास खोलेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले २ सडक जोड्ने निकास निकालेको हो ।

यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगन्ज रोडबाट कालिकापथ जाने आउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले ४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान-आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मदत गर्ने बताए ।

उनले अस्पताल र कालिका मन्दिरको क्षेत्रमा आवश्यक पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाएको बताए ।

‘कालिकापथ र राजमार्गको नेपालगन्ज रोड जोडिने भएको छ,’ उनले भने, ‘यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउनेछ भने कालिकापथ र नेपालगन्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ ।’