१ क्विन्टल सुन प्रकरण : फेरिए भन्सार प्रमुख

१ क्विन्टल सुन प्रकरण : फेरिए भन्सार प्रमुख


काठमाडाैँ ।

१०० किलाे सुन प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार प्रमुख फेरिएका छन् ।

 विमानस्थलकाे भन्सार प्रमुखमा टोकराज पाण्डे नियुक्त भएका छन् । गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डे त्यसअघि निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक थिए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन् । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए । पोखरेल मन्त्रालय तानिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए । पोखरेल २ महिने बिदामा रहेकै समयमा साउन ३ गते विमानस्थल पार गरेर १०० केजी सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।