बाढीमा बगेर आएकाे दाउरा निकाल्न खाेज्दा आफैँ बगिन् मालती

बाढीमा बगेर आएकाे दाउरा निकाल्न खाेज्दा आफैँ बगिन् मालती


लुम्बिनी ।

दानव खोलाको बाढीले बगाएर रुपन्देहीमा एक महिला बेपत्ता भएकी छिन् ।

दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

सम्मरीमाई गाउँपालिका-७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउँदै गरेको दाउरा बटुल्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता भएको पारिवारिक स्राेतले जनाएकाे छ ।

मंगलबार दिउँसो सवा ११ बजेदेखि खोलाको बाढीमा हराइरहेकी यादवको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दीपेश खरेलले बताए ।

तस्बिरमाः मालतीसँगै अन्य स्थानीयले बटुलेका दाउरा