२ सय एमपि क्यामरा भएको रियलमी ११ प्रो ५जी नेपालमा, कति छ मूल्य ?

२ सय एमपि क्यामरा भएको रियलमी ११ प्रो ५जी नेपालमा, कति छ मूल्य ?


काठमाडौं ।

रियलमी स्मार्टफोनको रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा आएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरेका हो ।

रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो सिरिज ५जीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुचीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जीको डिजाइन गरिएको हो ।

रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको छ जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत फिचर उपलब्द छ ।

रियलमी प्रो प्लस फाइभ जी : विश्वकै पहिलो २०० एमपिको सुपर जूम र ४ गुना लसलेस जूम क्यामरा

रियलमी ११ प्रो प्लस ५जीमा भएको सबैभन्दा मुख्य फिचर हो । यसमा भएको २०० एमपिको ओआइएस सुपरजुम क्यामरा, जुन यो भन्दा अगाडिको कुनै पनि मिड रेन्ज फोनमा थिएन। यसको क्यामरामा सामसँगको आइसोसेल एचपि ३ सुपरजुम सेन्सर रहेको छ । जसको सेन्सर साइज १/१.४ इन्चको रहेको छ भने १.६९ को एपर्चर साइज रहेको छ ।

२०० एमपिको डाइरेक्ट आउटपुट सपोर्ट गर्ने यो क्यामराको हरेक पिक्सेलले फाइनल पिक्चरको गुणस्तरमा भूमिका खेल्दछ ।

क्यामरा सेटिङमा सुपर आइओएस, सुपरनाइट इस्केप, मुन मोड र स्टारी मोडको साथ यो रियलमी ११को क्यामराले पक्कै पनि फ्ल्यागशिप लेभलको लिप गरेको छ । सेल्फीमा ३२ एमपिको सोनी सेल्फी क्यामरा दिइएको छ भने सुपर ग्रुप पोट्र्रेट मोड, वान टेक मोड र फ्यान फेभरेट स्ट्रिट फोटोग्राफि मोड ४.० जस्ता आकर्षक फिचरहरु उपलब्द रहेको छ ।

गुची प्रिन्ट प्रेरित लक्जरी ब्याक केस डिजाइन
रियलमी ११ सिरिजमा स्मार्टफोन इमेजिङ मात्र नभएर एस्थेटिक्समा पनि व्यापक अपग्रेड गरिएको छ । सनराइज बिज, ओसिस ग्रिन र अस्ट्रल ब्ल्याक जस्ता अत्यन्तै मनमोहक र सुन्दर रङहरुमा उपलब्ध यी दुई सेटहरुको डिजाइन गुचीका प्रिन्ट र टेक्स्टाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा गरिएको हो । जसले गर्दा समस्त विश्वभरका युवा जमातहरुले लक्जरी ब्रान्डको हाइ एन्ड डिजाइनमा सहज पहुँच पाएका छन्।

रियलमी ११ प्रो प्लस फाइभ जी क्यामरा र डिजाइनमा मात्र नभएर सबै कुरामा एक शक्तिशाली अल–राउन्डर हो । ५ हजार एमएएचको शक्तिशाली ब्याट्रि र १०० वाटको सुपर भोक चार्जिङ सपोर्ट भएकोले गर्दा ब्याट्रि र ब्याकअपमा पनि रियलमी ११ प्रो प्लस फाइभ जी उत्कृष्ट रोजाई हो । साथै यसमा २० हजार लेभलको अटोम्याटिक ब्राइट्नेस एड्जस्टमेन्ट भएको १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले र इन्डस्ट्रिकै सबैभन्दा उच्च २१ सय ६० हर्जको डिमिङ फ्रिक्वेन्सीका साथ आएको यो रियलमी ११ प्रो प्लस फाइभ जी रहेको छ ।

रियल मी ११ प्रो फाइभ जि २१ सय ६० हर्ज पिएमडब्ल्यु डिमिङ सहितको कर्भ्ड भिजन डिस्प्ले

रियलमी ११ प्रो फाइभ जी पनि रियलमी ११ प्रो प्लस फाइभ जीकै जस्तै प्रिमियम डिस्प्लेमा उपलब्ध छ। यसमा भएको अर्को बलियो पक्ष भनेको २१ सय ६० हर्जको पिएमडब्ल्यु डिमिङ सहितको १२० हर्जको कर्भ्ड डिस्प्ले पनि हो। यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको मिड रेन्ज फोनहरुको कर्भ्ड डिस्प्लेमा यत्ति धेरै डिमिङ पावर हुँदैन थियो ।

त्यस्तै यसमा सनलाइट स्क्रिन र २० हजार लेभलको अटोम्याटिक ब्राइटनेस एड्जस्टमेन्ट पनि रहेको छ ।प्रयोगकर्ताको आँखाको सुरक्षा र सुविधालाई मध्यनजर गरेर यसको डिजाइन गरिएकोले रियलमी ११ प्रो सिरिजले टियूभि रेनल्यान्डको दुईवटा प्रतिष्ठित आइ प्रोटेक्सन सर्टिफिकेट पनि पाएको छ ।

ग्राउन्ड ब्रेकिङ स्क्रिन टेक्नोलोजी भएको यस फोनमा रियलमी ११ प्रो प्लस फाइभ जीकै जस्तै एस्थेटिक डिजाइन छ । यसको मेन प्याटर्नलाई नै सनराइज बिज, ओसिस ग्रिन, अस्ट्रल ब्ल्याक जस्ता सुन्दर रङहरु दिइएको छ जसले गर्दा हेर्दै खेरि अलिक लक्जरियस फोन जस्तो देखिन्छ । क्यामराको कुरा गर्नुपर्दा रियल मी ११ प्रो ५ जि मा १ सय एमपिको प्रोलाइट क्यामरा रहेको छ जसले १ सउ एमपिकै डाइरेक्ट आउट्पुट सपोर्ट गर्छ । त्यसतै यसको सेन्सरले २ गुणा लसलेस जुम पनि सपोर्ट गर्छ । अटो जुम मोड, सुपर नाइट एस्केप मोड, स्ट्रिट फोटोग्राफि मोड ४.० जस्ता आकर्षक फिचरहरु यसको क्यामरामा रहेको छन् ।

कम पावरमा पनि हाइ पर्फर्मेन्स गर्ने भएकोले एवम पर्याप्त स्टोरेज भएकोले रियलमी ११ प्रो वास्तवमै एउटा असली फ्ल्यागशिप स्मार्टफोन हो । डाइमेन्सिटी ७ हजार ५० फाइभ जी चिपसेट राखिएको यो फोनको र्याम १२ जीबीको छ भने रोम २५६ जीबिको रहेको छ । रियलमी यु आइ ४.० मा चल्ने यस सेटको ब्याट्रि पनि ५ हजार एमएएच्को छ भने ६७ वाटको सुपरभोक चार्जिङ सपोर्ट गर्छ ।

रियलमी ११ प्रो+ ५ जी १२/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६१,९९९ रहेको छ । रियलमी ११ प्रो+ ५ जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ : सनराइज बेज र ओएसिस ग्रीन ।

त्यस्तै रियलमी ११ प्रो ५ जी ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७,९९९ रहेको छ । रियलमी ११ प्रो ५ जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ : सनराइज बेज र एस्ट्रल ब्ल्याक ।