होन्डाले ल्यायो सिटी ई – एचइभी

होन्डाले ल्यायो सिटी ई – एचइभी


काठमाडौं ।

होन्डाको सिटी ई – एच इभी सार्वजनिक भएको छ ।

होन्डा सिटी नयाँ हाइब्रिड भेरिएन्टमा आएको छ। आत्याधुनिक प्रविधियुक्त सिटी ई – एच इभीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ।

द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरण मैत्री सवारीका लागि नयाँ मापदण्डहरू सेट गरेको छ।

सिटी ई –एच ई भीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ। यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो।

यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्न मद्दत गर्छ। प्याकेजमा भएको लेन–किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङले गाडीमा सवार तथा पैदल यात्री दुवैको सुरक्षा सुनिश्चित गर्दछ।

नवप्रवर्तन र प्राविधिक उत्कृष्टता प्रति सदा प्रतिवद्ध होन्डाले सिटी ई – एच ई भीमा एडभान्स्ड ड्राइभर असिस्टेंस सिस्टमका साथै अड्याप्टिभ क्रुज कन्ट्रोल सुविधा समावेश गरी अन्य प्रमुख निर्माताहरूले सेट गरेको प्रवृतिलाई पछ्याएको छ ।

यी फिचरहरुले समग्र ड्राइभिङ अनुभवलाई आरामदायी बनाउनुका साथै थप सुरक्षित बनाउँछ।

सिटी ई – एच ई भी को बारेमा थप जानकारी तथा टेस्ट ड्राइभका लागि आफ्नो नजिकको होन्डा कार शोरूममा सम्पर्क गर्नुहोस् ।