जंगली च्याउ खाँदा २ जनाको मृत्यु

जंगली च्याउ खाँदा २ जनाको मृत्यु


नवलपरासी ।
बर्दघाट सुस्तापूर्वको बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आले रहेका छन् ।

उनीहरुले गत शुक्रबार स्थानीय जंगलमा पाइने च्याउ पकाएर खाएको जनाइएको छ ।

जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन् ।

बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको थियो ।