नेप्सेकाे ओरालाे यात्रा : फाइनान्स, म्युचुअल फन्ड र अन्यबाहेक सबै उपसूचक ऋणात्मक

नेप्सेकाे ओरालाे यात्रा : फाइनान्स, म्युचुअल फन्ड र अन्यबाहेक सबै उपसूचक ऋणात्मक


काठमाडौँ ।

साताकाे चाैथाे काराेबार दिन बुधबार पनि नेप्सेकाे ओरालाे यात्रा जारी रह्याे । आज नेप्से ८.११ अंकले घटेर २१५६.२० अंक कायम भयाे ।

साताको पहिलो दिन उच्च अंकले बढेको नेप्से बजार दोस्रो र तेस्रो दिन पनि घटेको थियो ।

नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि घटेकाे छ । आज सेयर बजारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज १३ वटा उपसूचकमध्ये फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक छन् ।

किसान लघुवित्त वित्तीय संस्थका सेयरधनीले आज अधिकतम ६.९६ प्रतिशतले कमाएका छन् भने जाल्पा सामुदायिक वित्तीय संस्थाका सेयरधनीले ६.४९ प्रतिशतले गुमाएका छन् ।

यसअघि सोमबार सूचक २५.६६ अंकले घटेको थियो । यस्तै, मंगबार ३६.१९ विन्दुले घटेकाे नेप्से बुधबार भने एकल अंकमात्रै ओरालाे लाग्याे ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई संस्थापक सेयर अग्रस्थानमा छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी छन् ।