मध्य सोलु हाइड्रोकाे आइपिओ खुल्दै, कति कित्ता भर्न पाइन्छ ?

मध्य सोलु हाइड्रोकाे आइपिओ खुल्दै, कति कित्ता भर्न पाइन्छ ?


काठमाडौँ ।

मिड सोलु हाइड्रोपावरले १४ साउनदेखि आइपिओ बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गर्ने लागेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ ।

यस आधारमा १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ४८ हजार ४०० कित्ता सेयर स्थानीयलाई जारी हुनेछ । योमध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बू जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा- ३,४,५,६, ७ र ११ का बासिन्दालाई निष्कासन गर्न लागेको हो ।

त्यस्तै, १ लाख ८७ हजार १०० कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बू जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ ।

यता, सर्वसाधारणमा निष्कासन हुने ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ७४ हजार ८४० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको आइपिओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ११ भदौसम्म आवेदन दिन पाउनेछन् ।

 क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लसइस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

स्थानीयले यस आयोजनाको आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्न दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।