सेयरधनीलाई बाँकी रहेकाे नगद लाभांश दिँदै हिमालयन एभरेस्ट

सेयरधनीलाई बाँकी रहेकाे नगद लाभांश दिँदै हिमालयन एभरेस्ट


काठमाडौँ

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो ।

कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीहरूले आर्थिक वर्ष २०७४/०७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको हाे ।

कम्पनीका अनुसार नगद लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर रजिस्ट्रार एनएमबी क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।