राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पुनः पारित

राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पुनः पारित


काठमाडौं ।

राष्ट्रिय सभाले मिटरब्याज सम्बन्धी विधेयक पुनः पारित भएको छ ।

सभाले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको हो ।

असार २०८० मा दर्ता भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो ।

३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई बिहीबार राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

अब राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिन्छ र कार्यान्वयनमा आउनेछ ।