बाग्मती प्रदेशमा घट्याे गाडीभाडा, कुन रुटमा कति तिर्नुपर्छ ?

बाग्मती प्रदेशमा घट्याे गाडीभाडा, कुन रुटमा कति तिर्नुपर्छ ?


काठमाडौँ ।

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।

लामो दुरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालबाहक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ ।

नयाँ भाडाअनुसार काठमाडौँ उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य प्रणाली लागू गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

कुन रुटमा कति भाडा ?